२०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाउन माग
ग्लोबल टिभि
0
काठमाडौँ : एमालेका नेता वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको पार्टीको एकताको प्रस्तावलाई ‘इमान्दार एकताको प्रयत्न’ मान्न नसकिने प्रतिक्रिया दिएका छन् ।
आज अपराह्न बसेको पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिको बैठकपछि विज्ञप्ति जारी गरी गौतमले ओलीको प्रस्तावमा आफ्नै प्रशंसा र कुटिल चातुर्य र जालझेलको अनुमान गर्न सकिने बताएका हुन् ।
गौतमले ओलीको प्रस्तावमाथि शंका गर्दै एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउने विषय सकरात्मक रहेको जनाएका छन् ।
उनले २०७५ जेठ २ गते कायम रहेको पार्टीको स्थायी कमिटीे बैठक बोलाएर विवाद समाधान गर्न प्रस्ताव गरेका छन् । त्यतिवेला कायम रहेको दुई वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाउन आग्रह गरेका हुन् ।
Post Views: 1,096
Leave a Reply