प्रतिनिधिसभा विघटन मुद्दामा चार ‘एमिकस क्युरी’, बहसका लागि समय तोकियो

 ग्लोबल टिभि           0

काठमाडौँ : प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवैधानिक इजलासले ’एमीकस क्युरी’ झिकाउन आदेश दिएको छ ।

एमीकस क्युरीका लागि संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

बुधबारको सुनुवाइपछि जारी आदेशमा चार सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ । पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ असार ९ गतेदेखि निरन्तर गर्नेगरी आदेश भएको छ । सुनुवाइका क्रममा रिट निवेदक, विपक्षी र एमीकस क्युरीका लागि समय पनि आदेशसँगै तय गरिएको हो ।

यो मुद्दामा अदालतले बहसका लागि एउटा पक्षलाई १५ घण्टा समय निर्धारण गरेको छ । रिट निवेदक पक्षले शुरुमा १२ घण्टा र प्रत्युत्तर बहसका लागि ३ घण्टा गरी १५ घण्टा समय पाउनेछन् । त्यस्तै विपक्षी (सरकार)का तर्फबाट पनि बहसका लागि १५ घण्टा समय पाउनेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *