कामचलाउ सरकारले गर्यो दोस्रोपटक मन्त्रिपरिषद् विस्तार, थपिए सात मन्त्री र एक राज्यमन्त्री

 ग्लोबल टिभि      बिहिबार, जेष्ठ २७, २०७८      0

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको हो ।

मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मा खगराज अधिकारीलाई दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएका छन् । यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडीलाई नियुक्त गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँलाई मन्त्री नियुक्त गरिएको छ । त्यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री बनाइएको छ ।

संसद्को ठूलो दलको नेताको हैसियतले ओली २०७८ वैशाख ३१ गते अल्पमतको प्रधानमन्त्री बनेका थिए । संसद् विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । कामचलाउ मन्त्रिपरिषद्को विस्तारलाई विपक्षीहरूअसंवैधानिक भन्दै आएका छन् । संसद् पुनस्थापनाका लागि विपक्षी गठबन्धनका सांसदहरुले दायर गरेको रिटमाथि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *