ग्लोबल टिभि
0
एमाले–सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाह
काठमाडौँ : नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ सांसदसँग स्पष्टीकरण मागेको छ ।
पार्टीको निर्देशन विपरीत मंगलबारमुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले १७ जनासँग २४ घण्टे स्पष्टीकरण मागेको हो हो ।
पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्रीको पक्षमा मतदान गर्नुको कारणसहित २४ घण्टाभित्र जवाफ पेश गर्ने समय दिएर स्पष्टीकरण मागेको एमालेका प्रदेश सचिव राजेन्द्र रावलले जानकारी दिए ।
उनले जेठ १० मा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन अवज्ञा गरेकाले स्पष्टीकरण मागेको जानकारी दिए ।
Post Views: 1,021
Leave a Reply