सर्वोच्च अदालतको आदेश : एमालेका चार प्रदेश–सांसद्को पुनर्बहाली

 ग्लोबल टिभि           0

काठमाडौँ : सर्वोच्च अदालतले एमालेबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्यहरूलाई पुनर्बहाली गरेको छ ।

पार्टीको ह्वीपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदको पद सर्वोच्च आदालतको बिहीबारको आदेशले पुनर्बहाली भएको हो ।

नेकपा (एमाले) को झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका कर्णाली प्रदेश सभा सदस्यहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाको पद पुनर्बहाली भएको हो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उनीहरूको पुनर्बहाली भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *