गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गुरुङको दाबी

 ग्लोबल टिभि           0

पदमुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेरि बहुमतसहित मुख्य मन्त्रीमा दाबी गरेका छन् ।एमाले गण्डकी प्रदेशको संसदीय दलको नेता भएको जिकिर गर्दै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी गरेका हुन् । गुरुङ राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको पत्रसहित मुख्मन्त्रीमा दाबी गर्न गएका हुन् ।

मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेका अनुसार जसपा केन्द्रीय सदस्य शंकर गौतम, तत्कालीन राजपा गण्डकी संयोजक अनिल परियारको पत्र र राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले आफू संसदीय दलको नेता भएकाले आफ्नो पार्टीको समर्थन गुरुङलाई रहेको भन्ने पत्रसाथ मुख्यमन्त्री गुरुङले पनि दावी गरेका हुन् ।

विपक्षी गठबन्धनले सशरीर ३१ सांसद (बहुमत) पु¥याएर शुक्रबार मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । तर, प्रदेश प्रमुखले दिएको समयसीमाको केही छिन अघिमात्रै गुरुङले पनि दावी गर्नु प्रदेशसभा बिघटनको बाटोमा लैजाने प्रयास भएको टिप्पणी गरिएको छ ।केन्द्रमा विपक्षी गठबन्धनले बहुमत सांसदले हस्ताक्षर बुझाउँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । बरु संसद्मा विश्वास सावित गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले नै दलको पत्र बुझाएर बहुमत दावी गरेका थिए । यसकै आधारमा राष्ट्रपतिले दुवैको बहुमत नपुगेको भन्दै देउवालाई नियुक्त गर्न अस्वीकार गरेकी थिइन् ।००

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *