नेपाली कांग्रेसले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिएकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।झापास्थित बीएन्डसी मेडिकल कलेजलाई एमबीएमबीएस अध्ययनको सम्बन्धन दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगलाई दबाब दिएको भन्दै नेपाली कांग्रेसले विरोध गरेको हो ।
नेपाली कांग्रेस शिक्षा विभागले प्रेस विज्ञप्तिमार्फत सम्बन्धनको लागि प्रधानमन्त्रीको दबाब गलत भएको बताएको छ । प्रधानमन्त्री स्वंयम चिकित्सा शिक्षा आयोगको अध्यक्षले नै दबाब दिनुृ गलत भएको कांग्रेसको ठहर छ । बीएण्डसीको सम्बन्धको लागि प्रधानमन्त्री ओलीले आयोगको बैठक राखेर पदाधिकारीमाथि दबाब दिनु शक्तिको दुरुपयोग भएको पनि कांग्रेसको निष्कर्ष छ।
सरकारले बीएण्डसीलाई सम्बन्धन दिन लागेको भन्दै यस अघि अभियान्ता प्रा.डा गोविन्द केसीले पनि विरोध गरेका थिए । सरकारले सम्बन्ध दिए विरोधमा उत्रिने डा केसीको चेतावनी थियो ।
Leave a Reply