फसाउने नियतले आरोप लगाइयो ,गुण्डागर्दी गरेर हिडेको प्रमाण देखाए राजनीति छोड्छु -खडका

 ग्लोबल टिभि           0

रामेछाप– नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ले नामाडीमा भएको घट्नामा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।  कुराकानीमा अध्यक्ष खड्काले सडक उपभोक्ता समितिका सचिब देवराज खड्कामाथी भएको आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दावी गरेका हुन् ।

अध्यक्ष खड्काले भने– ‘घट्ना स्थलमा म थिएँ, त्यहाँ थुप्रै मानिसहरु थिए तर कसले आक्रमण गर्‍यो मलाई थाहा छैन् । पालिकाभित्र सरकार पक्षबाटै भएका अनियमिता र भ्रष्ट्रचार बिरुद्ध आवाज उठाउँदै अएको कारण आफूलाई फसाउने नियतले आक्रमणको आरोप लगाईएको हो । त्यसमा कुनै पनि सत्यता छैन् । बासे जोड्ने सडकमा मेरो डोजर प्रयोग गर्न दवाव दिएको कारणले झजडा परेको भन्ने तथ्यहिन समाचार आएको छ । त्यो हुँदै हैन् । किनकी मसँग डोजर नै छैन् ।’

उनले थपे– ‘म गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्धार पनि भएको नाताले आफ्नो वडामा आफ्नै व्यक्तिगत खर्चमा धेरै विकासका कामहरु अगाडी बढाएको छु, त्यो देखेर पनि यहाँका नेकपाका नेताहरुले मेरो राजीनिति सकाउन विभिन्न जाल बुनी रहेका छन् । नामाडी घट्नाकै विषयसँगै जोडेर मलाई गुण्डाको संज्ञा दिएका छन् । यदि मैले कही गुण्डागर्दी गरेर हिडेको प्रमाण देखाए त्यही दिनदेखि राजनीति छोड्न तयार छु । ’

अध्यक्ष खड्काले आफूलाई गुण्डा भनेर लगाईएको आरोप छानविन गरी सत्यतथ्य जनता माझ ल्याउन कानूनी निकायलाई अनुरोध समेत गरेका छन् ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *