चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीको सुरक्षा माग

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ३०, २०७८      0

बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा। केसी अलायन्सले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरी सरकारबाटै असुरक्षित भएको भन्दै सुरक्षाका लागि अपील गरेको छ ।

झापाको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको उनीहरुले जारी गरेको अपीलमा भनिएको छ । त्यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा गिरीलाई हस्ताक्षर गर्न धम्कीसहित चरम दबाब दिएको भन्दै अपीलमा डा। गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको उल्लेख गरिएको छ ।

‘राज्यशक्तिको चरम दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादती भर्त्सनायोग्य भएको भनिएको छ।बृहत नागरिक आन्दोलन र सोलिडारिटी फर डा। केसी अलायन्सले प्रधानमन्त्रीको सरकारी निवासलाई नै गुण्डागर्दीको थलो बनाएको भन्दै आपत्ति जनाएका छन् ।

‘त्यसैले डा। गिरीको जीवन रक्षा अहिले हाम्रो मुख्य चिन्ताको विषय बन्न पुगेको छ । चिकित्सा शिक्षा आयोगको स्वायत्तता र डा गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न हामी सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गर्दछौं,’ अपीलमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *