बी एण्ड सी सम्बन्धन प्रक्रियाबाट सरकार पछि हट्यो

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३१, २०७८      0

बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया असफल भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको योजना तत्काललाई असफल भएको बताइएको छ । सम्बन्धन दिनु ऐन, कानुनविपरीत सम्बन्धन दिन आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले अस्वीकार गर्दै आएका थिए ।

आइतबार गिरी, सदस्य सचिव डिल्ली लुइँटेललगायत आयोगका केही पदाधिकारीलाई प्रधानमन्त्री निवास बालुवाटर डाकेर प्रक्रिया पूरा गरेर सम्बन्धनको सिफारिस दिने निर्णय लेख्न दबाब दिइएको थियो । तर, उक्त निर्णय लेख्न उपाध्यक्ष तयार नभएपछि सरकारी प्रयास सफल नभएको हो ।

मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालगायत आयोगका विज्ञ सदस्यहरुको राय सुझावअनुसार ऐन नियम पूरा गरेपछि मात्रै बी एन्ड सीलाई सम्बन्धन दिने निर्णय भएर हस्ताक्षर भएको आयोगले जनाएको छ । शुक्रबारको आयोग बैठकमा बी एन्ड सीलाई प्रक्रिया पूरा गरेर सम्बन्धन दिने निर्णय भएको थियो । तर उक्त निर्णयमा गिरीलगायत विज्ञ सदस्यहरु सहमत नहुँदा हस्ताक्षर हुन सकेको थिएन । बैठकका निर्णयहरु सदस्य सचिवले लेख्ने र कार्यकारी उपाध्यक्षले प्रमाणित गरेपछि लागू हुने व्यवस्था छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *