ग्लोबल टिभि
0
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका स्वर्गीय नेता नविन्द्रराज जोशीकी धर्मपत्नी सपना जोशीले तनहुँ जिल्लालाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।
जोशीले तनहँु जिल्लाका लागि छुट्याएको सर्जिकल मास्क, स्यानिटाइजर, सिटामोल र पिपिई लगाएतका स्वास्थ्य सामग्री कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी हुन् ।
स्वास्थ्य सामग्री बुझ्दै वरिष्ठ नेता पौडेलले सपनाको आँट र साहसको प्रशंसा गरे ।
दिवंगत श्रीमान नविन्द्रले सूरु गरेको “घर दैलो कोभिड–१९ सूचना तथा सेवा अभियान”लाई निरन्तरता दिदै आएकी सपनाले कांग्रेस नेताहरुको जिम्मामा विभिन्न जिल्लालाई स्वास्थ्य सामग्री पठाइसकेकी छन् ।
श्रीमानको असल कार्यलाई निरन्तरता दिदै आएकी सपनाको अभियानमा नविन्द्रका शुभचिन्तक, पार्टी नेता तथा कार्यकर्ताहरुले साथ दिएका छन् ।
Post Views: 1,932
Leave a Reply