कोटेश्वरमा देउवा–दाहाल र नेपालको बैठक

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ३१, २०७८      0

काठमाडौँ : विपक्षी गठबन्धनका शीर्ष तीन नेताबीच सोमबार छलफल भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वरमा तीन नेताको बैठक बसेको हो।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेता नेपालनिवास पुगेका हुन् । देउवाका साथमा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का पनि थिए ।

विपक्षी गठबन्धन प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संघर्ष गरिरहेको छ । एमालेको विवाद निर्णायक मोडमा पुगेको वेला तीन नेताको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *