नेपाल समूहलाई फकाउदै ओली

 ग्लोबल टिभि      मङ्लबार, असार १, २०७८      0

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफ्ना दूतहरुलाई खटाउन थालेका छन्।संसद पुर्नस्थापना हुने विश्लेषण र सर्वोच्च अदालतको पछिल्लो आदेशको कारण ओली नेपाल समूह फकाउन दूतहरुलाई खटाउन थालेका हुन् ।सोमबार आफू निकट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ओलीसँग असन्तुष्टहरुसंग एकता गर्न ओलीले निर्देशन दिएको बताइएको छ । प्रधानमन्त्री ओलीले पार्टी एकताको पक्षमा रहेका बामदेव गौतमलाई भेटन लगाएका छन् ।

स्रोतका अनुसार पौडेलले गौतमलाई पार्टी एकताका पक्षमा नेपाल पक्षलाई पनि फकाउन अनुरोध गरेका थिए। पार्टी एकताका लागि पहल गरेमा बरु आगामी पार्टी निर्वाचनमा नेतृत्व लिन गौतमलाई सहयोग गर्नेसमेत बाचा ओलीकातर्फबाट गरेको बताइएको छ। सर्वोच्च अदालतका आदेशलाई पनि ख्याल गर्दै अब पार्टी एकता गर्नुको विकल्प नभएको पौडेलले गौतमलाई सुनाएको श्रोतले बताएको छ।

यता एमालेमा विकसित राजनीतिक परिस्थतिलाई ध्यान दिँदै विपक्षी गठबन्धनका नेताहरुले नेपालकै निवासमा पुगेर सोमबार छलफल गरेका छन्। संसद पुनस्र्थापना र वैकल्पिक सरकारका पक्षमा गठबन्धनकै पक्षमा रहेको बाचा नेपालले पटकपटक दोहोर्याउँदै आएका छन्।तर अब,नेपालले आफ्नो साथ छोड्ने हुन् कि भन्ने आशंका सहित विपक्षी नेपाली काँग्रेसका नेता शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल निवास कोटेश्वरमा पुगेर छलफल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *