सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

 ग्लोबल टिभि      मङ्लबार, असार १, २०७८      0

सातवटै प्रदेश सरकारले आगामी आथिर्क वर्ष २०७८/०७९ को बजेट आज सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीहरुले आ–आफ्नो प्रदेश सभा बैठकमा बजेट पेश गर्नेछन् ।

प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक वाध्यता छ । तर, कर्णाली र गण्डकी प्रदेशमा भने नीति तथा कार्यक्रम नै पारित भएको छैन ।

ती प्रदेशमा आजै बजेट सार्वजनिक गर्नुअघि बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याउने तयारी छ । गण्डकीमा मंगलबार बिहान १० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

उक्त बैठकबाट नीति तथा कार्यक्रम पारित गरि केही समय बैठक स्थगित गरेर आजै अर्को बैठकमार्फत बजेट पारित गर्ने तयारी छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *