कांग्रेस वरिष्ठ नेता पौडेल पक्षीय भेला चाक्सीबारीमा

 ग्लोवल टि.भी.      मङ्लबार, असार १, २०७८      0

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय बैठक चाक्सीबारीमा सुरु भएको छ ।

पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा पौडेलले आफू पक्षीय नेताहरुसँग छलफल गर्न नेता प्रकाशमान सिंह निवासमा पौडेल पक्षीय नेताहरु भेला भएको बुझिएको छ । यसअघि पौडेलले जेष्ठ १९ गते संस्थापन इत्तर पक्षीय केन्द्रीय सदस्यसँग भर्चुअल मिटिङ गरेका थिए ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल कागजी महाधिवेशन गर्ने गरी चोचोमोचो मिलाएको पौडेल पक्षमा आशंका छ । नयाँ कार्यतालिका अनुमोदन गर्न विहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि पौडेल पक्षीय समान धारणा बनाउन बैठक राखेको देखिन्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *