गुनासोरहित गृह प्रशासन : गृहमन्त्री

 ग्लोवल टि.भी.      बुधबार, असार २, २०७८      0

गृहमन्त्री खगराज अधिकारीले गृह प्रशासनलाई गुनासोरहित बनाउन कोशिस गर्ने बताएका छन् ।मंगलबार मन्त्रालयमा भएको एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले ‘आफू आउँदैमा सबै ठीक हुन्छ’ भन्नेमा आफू नभएको बताएका छन् ।

गृह मन्त्री अधिकारीले मन्त्रालयमा रहँदासम्म विवादरहित काम गर्ने बताए ।गृह मन्त्री अधिकारीले निर्वाचनलाई भयरहित र पारदर्शी ढंगले सम्पन्न गराउने पनि बताएका छन् । अदालतले संसद पुनर्स्थापना गरे पनि त्यसपछि हुने पनि चुनावै हो भन्दै मन्त्री अधिकारीले त्यसका लागि सरकार जुटिरहेको बताए ।

चुनावमा कसैको जित÷हारभन्दा पनि आफूले निष्पक्षतामा जोड दिने उनले बताए । त्यही सन्दर्भमा उनले कृष्ण सिटौला, कृष्णप्रसाद भट्टराईलगायत नेता आफैं सरकारमा हुँदा चुनावमा पराजित भएको पनि स्मरण गराए ।गृहमन्त्री अधिकारीले भारतीय पक्षले सडक निर्माण गरिरहेका कारण दार्चुलामा नेपाली बाटो भत्किएको विषयमा पनि कुटनीति पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको पनिे बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *