राहत र उद्दारमा खटिन कांग्रेस सभापति देउवाको नेता कार्यकर्तालाई निर्देशन

 ग्लोबल टिभि      बुधबार, असार २, २०७८      0

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो पीडितको उद्दार र राहतमा जुट्न निर्देशन गरेका छन् ।अविरल वर्षातका कारण देशभर बाढी पहिरोबाट मानवीय संकट सिर्जना भएकोले विपतमा जुटन निर्देशन गरेका हुन् ।

मंगलबारदेखिको अविरल वर्षातले देशका विभिन्न स्थानमा बाढी र पहिरोले मानवीय संकटसंगै करोडौको भौतिक क्षति पुगेको छ । बाढी र पहिरोले मानिसहरुको विपतमा परेका छन् ।विपतमा परेका पीडितहरुको छिटो उद्दार र राहतको प्रबन्ध गर्न समेत कांग्रेस सभापति देउवाले आग्रह गरेका छन् ।

प्राकृतिक प्रकोपले पुराएको क्षतिप्रति सरकारलाई गम्भीर हुन आग्रह गर्दै सभापति देउवाले विपतमा सबै एकजुट हुन समेत आग्रह गरेका छन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *