जीबी राईको निर्देशन विना कुनै चेक तयार हुन सक्दैन थियो : रविको बयान

 ग्लोबल टिभि           0

माघ २२ – साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता भएको छ । चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार सरकारी वकिल कार्यालयले पहिले सहकारी ठगीमा संलग्न १७ जना तथा पछि राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसहित थप १५ जनालाई संगठित अपराध कसुरमा मुद्दा दर्ता गरिएको हो ।

यस प्रकरणमा गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले आफ्नो पदीय हैसियतमा श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक काटेको भेटिएको अभियोग पत्रमा उल्लेख छ । यस्तै श्रीमतीआबद्ध गोपिकृष्ण मुभिजको नाममा समेत थप दुई वटा चेक काटिएको उल्लेख छ ।

‘विपक्ष रवि लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा रु। ५९ लाख ३८ हजार २५१ रुपैयाँ र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार रकम भुक्तानी दिएको देखिन्छ’, अभियोगपत्रमा भनिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *