एमाले वरिष्ठ नेता झलनाथ खनाल थप उपचारको लागि दिल्ली पुगेका छन् ।दिल्ली उड्नु अघि एमाले महासचिव इश्वर पोखरेलले उनको स्वास्थ्यको जानकारी लिएका थिए । एमालेभित्र पानी बाराबारको अवस्थामा झलनाथलाई भेट्न पुगेका महासचिव इश्वर पोखरेलसंग खनालले भावुक हुँदै भनेका छन्, “कमरेड पार्टी मिलाउनोस्”
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई भेट्न पुगेका महासचिव इश्वर पोखरेललाई एकताको पहल गर्न खनालले आग्रह गरेका एमाले महासचिव पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिएका छन ।
एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरु सक्रिय रहेका बेला उच्च नेताबीचमा पनि अनौपचारिक संवाद भइरहेको छ तर निकास निस्किसकेको छैन ।
नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको तथा ज्वरोसँगै स्वास्थ्यमा थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उनलाई गत जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो । केही महिनाअघि नेता खनाल कोभिड–१९ को सङ्क्रमणमुक्त भएको थियो ।
Leave a Reply