सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने जसपा नेपालको अडान

 ग्लोबल टिभि           0

फागुन ३ – जसपा नेपालले अध्यादेशहरू स्वीकृतिको प्रक्रिया अगाडि बढाउने सत्तागठबन्धनको निर्णयमा आफ्नो सहमति नरहेको जनाएको छ ।

संघीय संसद्का दुवै सदनमा अघि बढाउने सहमति भएको सत्तारुढ गठबन्धनले दाबी गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकमा सबै विधेयक स्वीकृतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति जुटेको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका थिए । उनले बैठकस्थलबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग टेलिफोन गरेको जनाएका थिए ।

सत्तागठबन्धनको बैठकमा प्रत्यायोजन विधेयक मार्फत् अध्यादेशमा आवश्यक संशोधन गरेर भए पनि अध्यादेश पारित गराउन सहमति जुटेको गृहमन्त्री लेखकले बताएका छन् । जसपा नेपालका प्रवक्ता मनीष सुमनले भने भूमिसम्बन्धी अध्यादेशमा संशोधन अमान्य रहेको र फिर्ता नै हुनुपर्ने पूर्वअडानमा आफूहरू कायमै रहेको बताए ।

भूमिसम्बन्धी अध्यादेश फिर्ता नभएसम्म त्यसमा समर्थन हुन नसक्ने स्पष्ट हुन आग्रह गरे ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *