सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै : प्रचण्ड

 ग्लोबल टिभि           0

फागुन ३ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।

मकवानपुरको झुरझुरेमा बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको शनिबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्न माओवादी तयार हरेको बताए ।

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रूपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।

आफू प्रधानमन्त्री भएको बेलामा खेल पूर्वाधार निर्माण र खेलाडीको प्रोत्साहनका लागि धेरै कार्यक्रम अगाडि सारेको उल्लेख गर्दै प्रचण्डले खेलका कारण देशको प्रतिष्ठा उँचो बन्दै गएको पनि बताए ।

त्यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरेका थिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *