ग्लोबल टिभि
0
फागुन ४- नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले विकासका कार्यमा अन्तर मन्त्रालय समन्वय नभएको टिप्पणी गरेकी छन् ।
३० माघमा बबरमहलमा मेलम्चीबाट ल्याइएको पानीको पाइप फुटेको थियो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीले बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको थियो ।
सांसद गौतमले सोही विषयलाई आइतबार प्रतिनिधि सभाको बैठकमा उठाएकी हुन् ।
सडक विभागले बाटो बनाउने, खानेपानी विभागले ढल खन्ने, विद्युत प्राधिकरणले पोल गाड्ने क्रममा एकले अर्कासँग समन्वय नगर्ने परिपाटी रहेको उनले बताइन् । तीन तहका सरकारबीच समन्वयका लागि अन्तरसरकार समन्वय ऐन २०७७ उल्लेख गर्दै गौतमले अन्तरमन्त्रालय समन्वयको कानुनी आवश्यकता रहेको बताइन् ।
Post Views: 141
Leave a Reply