ग्लोबल टिभि
0
फागुन १३ – एमाले सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाको ग्यारेन्टी गरेर ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मै पठाउन उचित हुने बताएका छन् ।
मंगलबार संसदको शून्य समयमा उनले भने, ‘सरकारले विद्यार्थीलाई सुरक्षाको ग्यारेन्टीको अनुभूति गरेर अहिले पढेको विश्वविद्यलायमा पठाउनु उचित हुन्छ ।’
क्रेडिट आवर मिलाएर आएमा नेपालका काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयले भर्ना लिने भनिरहेका बेला सांसद पन्तले विद्यार्थीलाई क्रेडिट आवर मिलाउन समस्या हुने भएकाले अहिले जुन विश्वविद्यालयमा पढिरहेको हो त्यसैमा पठाउन उचित हुने बताएका हुन् ।
केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि विषम परिस्थिति बनेपछि अधिकांश नेपाली विद्यार्थी स्वदेश फिर्ता भएका छन् ।
Post Views: 109
Leave a Reply