प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नभएपछि विपक्षी गठबन्धनमा समस्या देखिएको छ ।जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका मन्त्रीलाई बर्खास्त गरी नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराइसेका छन् । तर, विपक्षी गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र भने पूर्वसहमति अनुसार सरकारमा सहभागी भएको छैन ।
२६ जेठमा कांग्रेस र माओवादीबाट मन्त्री नियुक्त गरी सँगै शपथ गराउने तयारी भए पनि माओवादीसँग अन्तिम समयसम्म कुरा मिल्न सकको छैन ।कांग्रेसका ३ नेता मन्त्री बनेको दुई सातासम्म माओवादी सरकारमा जान आनाकानी गरिरहेको छ ।सरकारी पक्षले माओवादीको आन्तरिक कारण र माओवादीले सरकारी पक्षका कारण सरकारमा सहभागी हुन नसकेको बताएका छन् ।
माओवादीको आन्तरिक तयारी नभएका कारण सरकारमा सहभागी नभएको सरकारी वार्ता टोलीका सदस्य भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताएका छन् । माओवादीले सरकारलाई दिएको समर्थन कायमै रहने भन्दै मुख्यमन्त्रीलाई असार १५ गतेसम्म पर्खिने बताएको छ । प्रदेश २ मा माओवादीका ८ जना सांसद छन् । यसअघि ११ सांसद भएपनि ४ जनालाई पदमुक्त गरी एकजनालाई मनोनित गरेको थियो ।
Leave a Reply