नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा नेपाली जनसम्पर्क समितिहरूले १० किलो क्षमताका ५० वटा कन्सेनट्रेटर उपलब्ध गराएका छन् ।कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा।प्रकाशशरण महतले बिहीबार विज्ञप्ति जारी गरेर जनसम्पर्क समितिहरूबाट प्राप्त भएका कन्सेनट्रेटरहरू वितरण गर्ने कार्य जारी रहेको बताए । उनले कन्सेनट्रेटर उपलब्ध गराएर सहयोग गर्ने जनसम्पर्क समितिहरूलाई धन्यावाद दिएका छन् ।
कन्सेनट्रेटरहरू प्राथमिकतामा रहेका अस्पताल, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइनेछ ।‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुरोधमा नेपाली कांग्रेस केन्द्रलाई कोभिड–१९ संक्रमणको उपचारका लागि स्वास्थ्य सामग्री खरिद गरीे बिरामीहरूको उपचारका लागि उपयोग गर्न आर्थिक सहयोग आउने क्रम जारी छ’, विज्ञप्तिमा डा।महतले भने, ‘अहिलेसम्म आएको आर्थिक सहयोगबाट १० केजी क्षमता भएको एउटा मेशिनले दुई जना बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेनट्रेटर अति आवश्यक भएका जिल्ला तथा स्थानीय सार्वजनिक अस्पतालहरूमा वितरण गर्ने क्रम जारी छ ।’
‘नेपाली कांग्रेसले कोभिड–१९ संक्रमण रोकथाम र राहतका लागि सक्रिय हुन आह्वान गरे बमोजिम देशभरिका केन्द्रदेखि जिल्ला तहसम्मका नेपाली कांग्रेसका संरचनाहरु, कोभिड–१९ अनुगमन जिल्ला समितिहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू क्रियाशील रहेको पनि विज्ञप्तीमा भनिएको छ ।
‘महामारीको रोकथामका लागि सचेतना अभियान, मास्क र सेनिटाइजर वितरण, उपचारको पहुँचमा पुग्न समस्यामा परेका नागरिकहरूलाई सहयोग, संक्रमित भई आइसोलेसनमा बसेकाहरुलाई परामर्श तथा उपचारका लागि आवश्यक अक्सिजन सिलिण्डर, अक्सिजन कन्सनट्रेटर लगायतका स्वास्थ्य सामग्री समेत वितरण गर्दै आएका छन्’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।
‘आगामी दिनमा पनि निरन्तर क्रियाशीलताको अपेक्षा राख्दै सहयोगका लागि सम्बन्धित सबैलाई कांग्रेसका सहमहान्त्री डा. महतले धन्यवाद समेत दिएका छन् ।‘नेपाली जनसम्पर्क समितिहरुले विभिन्न समयमा नेपालका विभिन्न जिल्लाहरूमा यस्तो सहयोग गर्दै आएकोे पनि सह–महामन्त्री डा.महतले बताएका छन् ।
Leave a Reply