नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ । विहिबारदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य डा. नारायण खड्काले जानकारी दिए ।
बैठक पार्टी मुख्यलयसानेपामा बस्ने आजको बैठकले संसोधीत महाधिवेसन कार्यतालिका माथि निचोड दिने बताइएको छ ।
यसअघि विहिबार बसेको बैठकले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका हेरेफेर गरेको थियो । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।
नयाँ तालिका अनुसार तल्लो अधिवेशन साउन १२ गतेदेखि गर्ने प्रस्ताव छ ।
यता, कृयाशील छानमिन समितिले आजबाट प्राप्त उजुरीउपर छलफल थाल्ने भएको छ । समिति संयोजक रमेश लेखकका अनुसार ६ गतेसम्मलाई कृयाशील सदस्यता उपर उजुरी गर्ने समय तोकिएको छ ।
पार्टीमा कृयाशील सदस्यता १ सय ६५ निर्वाचन क्षेत्रबाट इन्ट्री गर्नुपर्ने भएपनि हालसमम्म १ सय ४९ स्थानको मात्र इन्ट्री गरिएको छ ।
Leave a Reply