ग्लोबल टिभि
0
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । पोखरेल अहिले गण्डकी प्रदेश सभालाई संवोधन गरिरहेका छन् ।
शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका हुन् ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार उनले शुक्रबार प्रदेशसभा बैठकमा प्रस्ताव पेस गरेका हुन् । गत जेठ २९ गते उनी संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
Post Views: 1,197
Leave a Reply