ग्लोबल टिभि
शुक्रबार, असार ४, २०७८
0
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले विश्वासको मत हासिल गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानीक प्रावधान छ ।
सोहि अनुसार शुक्रबार बैठक सुरु भएलगत्तै सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्री पोखरेललाई संविधानको धारा १६८ को उपधारा ६ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्न समय दिएका थिए ।
जसअनुसार मुख्यमन्त्रीको पक्षमा ३१ र विपक्षमा २७ मत प्राप्त भएको छ । विश्वासको मत हाशिल गरेसंगै उनको मुख्यमन्त्री पद जोगिएको छ ।
विश्वासको मत हाशिल गरेको २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने संवैधानीक प्रावधान छ । पोखरेल गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।
Post Views: 1,079
Leave a Reply