शिक्षित मानिसले नै हो देश बनाउने : प्रधानमन्त्री ओली

 ग्लोबल टिभि           0

फागुन २७- प्रधानमन्त्री केपी ओलीले शिक्षा आर्जन गर्ने व्यक्तिले जीवन सहज ढंगले अघि बढाउने र समाजका लागि योगदान दिन सक्ने बताएका छन् ।
मंगलबार पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोहलाई मोरङको गोठगाउँमा सम्बोधन गर्दै ओलीले शिक्षित मानिसले नै देश बनाउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले गोठगाउँमा स्थापित पूर्वाञ्चल विश्वविद्यालयले क्रमशः प्रगति गर्दै गएको चर्चा गर्दै यसमा गरिएको लगानीको प्रतिफल सुन्दर आएको सुनाए । विश्व विद्यालयले स्कुल आफ एग्रीकल्चर र हेल्थ साइन्सको संकाय थप गरेको छ ।

गोठगाउँको कार्यक्रमपछि प्रधानमन्त्री ओलीले आज अपराह्न कोसी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *