पूर्व विशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने विषयप्रति सांसदहरुको असन्तुष्टि

 ग्लोबल टिभि           0
हिउँदे अधिवेशन प्रारम्भ काठमाडौँ, १८ माघः सङ्घीय संसद्को हिँउदे अधिवेशन प्रारम्भ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बजेट अधिवेशन अन्त्य भएको झण्डै पाँच महिनापछि आज हिउँदे अधिवेशन प्रारम्भ भएको हो । तस्बिरः किरणराज विष्ट÷रासस

चैत ३- सांसदहरुले पूर्वविशिष्टको आजिवन सेवासुविधाबारे सरकारको जवाफ माग गरेका छन् ।
आईतबार बसेको प्रतिनिधिसभाको बैठकमा सत्ता र विपक्षी दलका सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका हुन् । देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ । बैठकको आकस्मिक समयमा सांसदहरुले यसबारे सरकारको जवाफसमेत मागेका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानुन बनाउन लागेको बारे सरकारको जवाफ माग गरे ।

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले पनि पूर्वविशिष्टको सेवा सुविधा बढाउने सरकारको तयारीको विरोध गरेका छन् ।

सांसद पौडेलले देश ग्रे–लिस्टमा परेको र ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकांकमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गरे ।
नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिएका छन् । राजनीति सेवा भएको भन्दै उनले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताए ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *