कांग्रेस सभापतिमा देउवा पुनः दोहोरिने संकेत

 ग्लोबल टिभि      शनिबार, असार ५, २०७८      0

नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने स्पष्ट संकेत दिएका छन् । कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको दोस्रो दिन देउवाले आफूनिकट केन्द्रीय सदस्यलाई बोलाएर छलफल गरेका हुन् । देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुसँग बुढानीलकण्ठमा छलफल गर्दै आफू सभापतिमा दोहोरिने बताएका हुन् ।

‘संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने बताउँदै देउवाले आफू पुनः सभापतिमा उम्मेदवारी दिने संकेत गरेका थिए । आप्नो नेतृत्वमा संविधान कार्यान्वयन भएको दाबी गर्दै देउवाले तीन तहको निर्वाचन सम्पन्न गराएको पनि स्मरण गराएका थिए । उनी निकटका एक केन्द्रीय सदस्यका अनुसार पार्टी मजबुत बनाउदै बलियो सरकार बनाएर मुलुकमा स्थायीत्व समृद्धि ल्याउनकै लागि पुनः सभापतिमा आउनुपर्ने देउवाको भनाइ छ ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा. डीला संग्रौला, सुजाता परियारलगायत सहभागी थिए । देउवाले महाधिवेशनमा जित्ने गरी काम गर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन पनि दिएका छन् । यसको साथै कांग्रेस सभापति देउवाले सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रम समेत राखेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *