विद्यालय शिक्षा विधेयकमा आज पनि दफावार छलफल जारी

 ग्लोबल टिभि           0

चैत ३० –  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल जारी छ ।

सिंहदरबारस्थित समितिको हलमा शनिबार  पनि उपसमितिको बैठक बसिरहेको हो ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै सडक आन्दोलन गरिरहेकाले उपसमितिले द्रूत गतिमा दफावार छलफल गरिरहेको हो ।

समिति बैठक लगातार बसिरहेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईसहित मन्त्रालयको टोली र उपसमितिका संयोजक छविलाल विश्वकर्मा सहितको समितिले विधेयकमा काम गरिरहेको छ ।

निजी विद्यालय र शिक्षकका विषयबाहेक अरु दफामा सहमति जुटिसकेको छ । सरकार र शिक्षक महासंघबीच वार्ता चलिरहेकाले अघिल्लो वर्ष भएको सहमति र यसपटक हुने सहमतिको आधारमा निर्णय लिन शिक्षकका विषय होल्ड गरिएको हो ।

सरकार र महासंघबीच सहमति भएपछि शिक्षकका विषयमा छलफल हुने बताइएको छ । विधेयकमा १७ सय ५८ वटा संशोधन परेको छ । यी संशोधनसँगै ७ वटा प्रदेशको प्रतिवेदन, विज्ञको सुझावसहित दफावार छलफल भइरहेको छ ।

उपसमितिले सहमति जुटाएका विषय भने सार्वजनिक गरिएको छैन । ३५ दिनको समय पाएको उपसमितिले प्रतिवेदन तयार पारेर समितिमा पेस गर्ने बताइएको छ । शिक्षा विधेयक २०८० भदौ २७ मा संसदमा दर्ता भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *