कोरोना महामारीमा सरकार पूरै असफल, जनता सडकमा आँउछन् : डा महत

 ग्लोबल टिभि      शनिबार, मंसिर ६, २०७७      0

काठमाडौं । नेपाली कांग्रेसका सह महामन्त्री डा प्रकाश शरण महतले देश कोरोना महामारीले आक्रान्त भैरहेको बेला सरकार भने सत्ता टिकाउनमा मात्रै लागि परेकोले जनतापति सरकारको भरोसा टुटेको बताएका छन् । नेपाली कांग्रेस बर्दियाले आयोजना गरेको कोभिड सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा डा महतले भने– ’देश महामारीमा भएका कारण जनता ठूलो समस्यामा छन्, जनताले उपचारका लागि अस्पतालको बेड नपाएर छट्पटाएका छन् तर सरकारले भने आफ्नो सत्ता टिकाउने मात्रै ध्यानमा छ ।’
उनले समस्यामा ने जनताले सरकारको मुल्याकंन गर्ने भन्दै यो सरकार कोरोना महामारी नियन्त्रणमा पूर्ण असफल भएको पनि उल्लेख गरे ।
डा महतले सरकारका क्रियाकलपाले जनता वाक्क दिक्क भएकोले सरकार बिरुद्ध जनता सडमा आउने स्थिति आएको पनि बताए । डा महतले जनताको भरोसा कांग्रेसनै भएको पनि बताए ।
कांग्रेस कोरोना अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले रोगको संक्रमणका कारण बढेको महामारी, बेरोजगारी, महंगीबाट आदिबाट जनता आहात भएका तर सरकारले भने राहात दिने बेलामा पनि पार्टी हेरेको आरोप लगाए । कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सभापति संजय गौतम, संविधानसभा सदस्य राजीव शाही लगायतले नागरिकको जिम्मेवारीबाट पन्छिएको भन्दै सरकारको आलोचना गरे।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *