ग्लोबल टिभि
0
वैशाख २- त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा.खड्क केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका उपकुलपति केपी शर्मा ओलीले केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । केसीलाई अर्को व्यवस्था नहुँदासम्मको लागि उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
निमित्तको जिम्मेवारी पाएर उनले आजदेखि कार्यभार समेत सम्हालिसकेका छन् । त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएपछि विश्वविद्यालय उपकुलपति विहिन बनेको थियो ।
त्रिविको नियम अनुसार उपकुलपति पद रिक्त भएको खण्डमा तीन महिनासम्मका लागि रेक्टरलाई उपकुलपतिको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए ।
बराल २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त भएका थिए । उपकुलपति बनेको एक वर्षमा उनले राजीनामा दिएका थिए ।
Post Views: 84
Leave a Reply