पशुपति क्षेत्रभित्रको सम्पदा पुनर्निर्माण प्रक्रिया पारदर्शी हुन्छ : पर्यटन मन्त्री

 ग्लोबल टिभि           0

पर्यटन मन्त्री उमाशंकर अरगरियाले पशुपति क्षेत्रभित्रका सम्पदा पुनःनिर्माण प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएका छन् ।

आइतबार पशुपति क्षेत्रभित्र निर्माण गर्न लागिएको राममन्दिरको शिल्यान्यास गर्दै मन्त्री अरगरियाले पशुपति क्षेत्र भित्रका पुनः निर्माणका कामहरुलाई पारदर्शी रुपले गर्नका लागि निर्देशन दिएका हुन् । मन्त्री अगरियाले अनिमितता पनि नगर्ने र अनिमितता गर्न पनि नदिने एकमात्रै उदेश्य रहेको बताएका छन् ।
मन्दिर पुननिर्माण गर्दा पशुपति क्षेत्रका साधु, सन्तलाई विस्थापित गराउन लागिएको भन्दै साधु, सन्तले विरोध गर्दै आएका छन् । मन्त्री अरगरियाले पशुपति क्षेत्रबाट साधु, सन्तलाई विस्थापित नगराइने बताएका छन् । त्यसैगरी पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रलाई तपोभुमिको रुपमा विकास गर्ने ध्येय रहेको बताएका छन् ।

सदस्य सचिव डा ढकालले पशुपति क्षेत्र ज्ञान र विज्ञानको सम्बन्धमा बहस गर्ने थलोको रुपमा विकास हुने विश्वास पनि व्यक्त गरेका छन् । पशुपति क्षेत्रमा सम्पदाहरुको पुनर्निमाण हुँदै आएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *