मनाङ बाढी पीडितलाई महामन्त्री कुँवरले बाँडिन् राहत सामग्री

 ग्लोबल टिभि      सोमवार, असार ७, २०७८      0

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाको पहलमा नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवरले मनाङका बाढी पीडितलाई राहत सामग्री बाँडेकी छन् ।

जिल्लाको नार्सो गाउँपालिका वडा नं. १ तालमा केहिदिन अघि अविरल वर्षासंगै आएको बाढी र पहिरोले बस्तीमा क्षेती पुगेको थियो ।
प्रभावित क्षेत्रमा शल, ब्ल्यांकेट, फिल्टर थर्मश, सेनेटरी प्याड, स्याम्पु, ज्याकेट, म्याट्रिस र त्रिपाल लगाएतका सामग्री महामन्त्री कुँवरले वितरण गरेकी हुन् ।

नेपाल विद्यार्थी संघका नेता डुजाङ शेर्पा, सराजे तिमल्सिना, हण्डे«ड ग्रुपका दिपेश दुजु, र मनाङबासी डिना घलेको सहयोगमा राहत सामग्री वितरण गरेको महामन्त्री कुँवरले जानकारी दिइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *