नेतृत्वको आकांक्षीले कांग्रेसको भावी रोडम्याप ल्याउनुहोस् : डा. केदारनरसिंह केसी

 ग्लोबल टिभि      मङ्लबार, असार ८, २०७८      0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. केदारनरसिं केसीले नेतृत्व आकांक्षा देखिनु सकारात्मक भएको बताएका छन् । ग्लोबल टेलिभिजनसंगको कुराकानीमा डा. केसीले आगामी महाधिवेशनमा सभापति पदका धेरै उम्मेदवार देखिनुले जीवन्त पार्टीको संकेत गरेको बताएका हुन् ।

कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको नेतृत्वको चाहना राख्नेहरु धेरै देखिनुले नेतृत्व अभाव नभएको डा. केसीको भनाइ छ ।

पार्टीभित्र नेतृत्वको पहलकदमी लिन प्रतिस्पर्धा देखिनु सकारात्मक भएपनि मजबुत पार्टीका लागि वीपी विचारमा प्रतिवद्ध हुन सुझाएका छन् ।

वीपीले निर्माण गरेको पार्टी आगामी दिनमा पनि वीपी नभएर जीपी विचारमा गए पार्टी थप संकटमा पर्ने पनि डा. केसीले संकेत गरेका छन् ।

डा.केसीले नागरिकता सम्बन्धि अध्यादेश, भारतीय नाकाबन्दी,राजा, धार्मिक स्वतन्त्रता, एवं संघीयताको फैसला जनमत संग्रहबाट गर्ने या अन्य विधिबाट यसबारे पनि प्रष्ट दृष्टिकोण बनाउन आकांक्षीहरुसंग प्रश्न गरेका छन् ।

नेता डा. केसीले अहिले नेतृत्वमा आकांक्षा राख्नेहरुले विगतमा पार्टी निर्माण र रक्षाका लागि आफ्नो योगदानको स्वमूल्यांकन गर्न पनि सुझाएका छन् ।

पटक पटक सरकारमा गएर जनपक्षीय र राष्ट्रहितको पक्षमा भए गरेको कामको समीक्षा गर्न पनि डा. केसीको आग्रह छ ।

आसन्न १४ औ महाधिवेशनबाट नेतृत्वमा पुगेपछि पार्टीलाई अगाडि लैजान के कस्ता योजना र रोडम्याप छन् त्यसबारे प्रष्ट्याउन पनि डा.केसीको आग्रह छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *