बढ्ता राजनीति भो  : प्रधानमन्त्री

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चको पछिल्लो आदेशप्रति असन्तुष्टि जनाएका छन् ।सरकारले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको बदरलाई बढ्ता राजनीति भएको टिप्पणी गरेका छन् । तर, प्रधानमन्त्रीले सर्वाेच्च अदालतको आदेश मान्नुको विकल्प नरहेको भन्दै पदमुक्त भएका मन्त्रीहरुलाई विदा गरेका छन् ।सर्वोच्चले मंगलबार २१ जेठ र २७ जेठमा थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाएको थियो ।सर्वाेच्च अदालतको आदेश लगत्तै प्रधानमन्त्री ओलीले पदमुक्त भएका मन्त्रीहरुलाई साँझ प्रधानमन्त्री निवास वालुवाटार बोलाएका थिए ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दिन अगाडि सार्वजनिक रुपमा मन्त्रिपरिषद विस्तारलाई सर्वोच्चले रोक्ने सूचना पाएको बताएका थिए । त्यसैगरी सर्वाेच्च अदालतबाट त्यस्तै हुनु संयोग मात्रै नभएको प्रधानमन्त्रीले बताएका छन् ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले पनि अदालतको आदेशलाई स्विकार्ने बताउँदै बढी राजनीति भएको टिप्पणी गरेका थिए । अरगरियाका अनुसार प्रधानमन्त्री ओलीले जसपासँग आफूले गरेको बाचा नभुल्ने र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिइनुपर्ने बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *