सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गरि संसद वोलाउने आदेश दिनुपर्ने वरिष्ठ अधिबक्ता श्रेष्ठको जिकिर

 ग्लोबल टिभि      बिहिबार, असार १०, २०७८      0

बिहीबार संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेर संसद बोलाउने आदेश अदालतले दिनुपर्ने जिकिर गरेका छन् । ‘धारा ७६(५) सांसदहरुलाई दिएको ब्रम्हास्त्र हो । उपधारा ५ अनुसार सांसदहरुले अन्तिमसम्म पनि सरकार दिएर संसद जोगाउन सक्छन्’, श्रेष्ठले काँग्रेस सभापति शेरबहादुर देउवालगायतका सांसदहरुको रिट निवेदनमाथि बहसका क्रममा भने, ‘जहाँ सांसदहरुले स्वतन्त्र रुपमा सरकार बनाएर संसद जोगाउन सक्छन् । ७६ को ५ अनुसार दलको समर्थन चाहिने, अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्न नपाउने भन्ने तर्कै हुन सक्दैन ।’उनले अहिले प्रधानमन्त्री र राष्ट्रपतिको कार्यशैलीले समस्या निम्त्याएको भन्दै राष्ट्रपतिको अधिकारको बारेमा राम्ररी ब्याख्या हुनुपर्ने माग गरे । १४९ जना प्रतिनिधिसभा सदस्यले राष्ट्रपतिकहाँ उपस्थित भएर सरकार गठन गर्न लिखित आग्रह गरेको सन्दर्भमा देउवा प्रधानमन्त्री बन्न योग्य रहेको जिकिर गर्दै उनले भने, ‘हिटलर त्यसै जन्मिने होइन । उच्च ओहदामा बसेकाहरुको यस्तै व्यबहारले हिटलर जन्मिने हो ।’
उनले अगाडि भने, ‘सर्वसत्ताबाद भनेको यहि हो । यो को प्रधानमन्त्री हुने भन्ने मात्रै सवाल मात्र होइन । जनताले बनाएको संविधान असफल हुने चिन्ता छ । राष्ट्रपतिको अधिकारको बारेमा राम्ररी ब्याख्या गरौं, जसरी फागुन ११ को फैसलामा प्रधानमन्त्रीको अधिकारलाई ब्याख्या गरियो ।’इजलासमा श्रेष्ठले जेठ ८ मा भएको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको जिकिर सहित ५० मिनेट बहस गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *