हामी विदेशी ऋणको पासोमा पर्दैनौं : प्रधानमन्त्री ओली

 ग्लोबल टिभि           0

प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीहरूसँग इमान्दार र सन्तुलित सम्बन्ध राख्न चाहेको बताएका छन्। शुक्रबार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री ओलीले एउटाका विरुद्ध अर्काको कार्ड खेल्ने काम नेपालले नगर्ने पनि बताएका हुन् । ‘राष्ट्रिय हितहरुलाई महत्वमा राखिन्छ तर राष्ट्रिय हित मात्रै होइन राष्ट्रिय हितलाई प्राथमिकतामा राख्दा त्यहाँ न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्वलाई छोडियो भने राष्ट्रिय हित या त अन्ध राष्ट्रवाद हुन्छ या संकिर्ण राष्ट्रिय स्वार्थ केन्द्रीत हुन्छ,’ उनले भने।

उनले राष्ट्रिय हितलाई मात्रै महत्व दिँदा त्यसले अन्तराष्ट्रियवाद र अन्तर्राष्ट्रिय भाइचारालाई पनि नसमाउने बताए। ‘राष्ट्रिय हित मात्रै हेर्ने कुरा साना राष्ट्रका लागि झनै उपयोगी हुन सक्दैन। त्यहाँ जस्टिस, त्यहाँ इन्टरनेशनल अब्लिगेसन जोडिनुपर्छ र मात्रै साना राष्ट्रका लागि उपयोगी अन्तत्वगत्वा सवै ठुला साना राष्ट्रका लागि विश्वशान्तिको स्थापना गर्ने, विश्वमा शान्ति कायम राख्ने र विश्वमा साझा समृद्धिका लागि साझा प्रयासहरु केन्द्रीत गर्ने कुरामा,’ प्रधानमन्त्री ओलीले भने।

उनले सार्वभौम समानता भनेर आफ्नो दृष्टिकोण अघि सारेको जानकारी गराउँदै त्यसभित्र थुप्रै कुराहरु अटाएको बताए। उनले छिमेक सम्बन्धमा कुनै समस्या भए हटाउने र छैनन् भने पैदा हुन नदिने भन्दै मानवजाति र पर्यावरणसँग सरोकार रहेको बताए। सोहि क्रममा प्रधानमन्त्री ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने पनि बताए। शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने उनले बताए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *