ग्लोबल टिभि
0
काठमाडौँ : नेपाली काँग्रेसको महाधिवेशन मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो समूहको भेला तथा बैठकलाई तिव्रता दिएका छन् ।
यसै क्रममा शुक्रवार वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेला एक पार्टी प्यालेसमा सम्पन्न भएको छ । भेलामा पौडेलसहित महामन्त्री शशांक कोइराला, शेखर कोइराला, गगन थापा, प्रकाशमान सिंह, रामशरण महत र अर्जुननरसिंह केसी लगायत केन्द्रीय कमिटी सदस्य सहभागी थिए ।
भेलाले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता छानविन गरी छिट्टै टुंगो लगाउनुपर्नेमा जोड दिए । आफ्नो तर्फबाट कसले सभापतिको उम्मेदवारी दिने भन्ने विषयमा पौडेल समूह अन्योलमा रहेको छ ।
Post Views: 1,250
Leave a Reply