विपक्षी गठबन्धनले पत्रकारहरुसंग अन्तक्रिया गर्दै

 ग्लोबल टिभि           0

विपक्षी गठबन्धनका नेताहरुले आज पत्रकारसँग अन्तक्र्रिया कार्यक्रम गर्दैछन् । शनिबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हलमा अन्तक्रिया गर्न लागिएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार अन्तक्र्रिया कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले माधव समूहका नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल लगायतका नेताहरु सहभागी हुने छन् ।

उनीहरुले विहीबार विभिन्न मिडियाका सम्पादकसँग अन्तक्र्रिया कार्यक्रम गरेका थिए । जेठ ७ गते मध्यराति दोस्रो पटक भएको प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी गठबन्धन राजनीति र न्यायिक लडाइमा छ ।

गठबन्धनले कोरोना महामारीको दोस्रो लहरका कारण एक महिना राजानीतिक गतिविधि रोके पनि पछिल्ला दिनमा सडक प्रदर्शन र अन्तक्रियालाई अगाडि बढाएको छ । बिहीबार विपक्षी गठबन्धन सम्बद्ध विद्यार्थी संगठनले देशभर विरोध प्रदर्शन गरेका थिए ।

यता सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामाथि अन्तिम सुनुवाई भइरहेको छ । काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको मागसहित गठबन्धन तर्फबाट १४६ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । त्यसमाथि रिट निवेदकका तर्फबाट शुक्रबार बहस सकिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *