नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीको प्रस्ताव आएपनि विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । प्रधानमन्त्री बन्न प्रस्ताव आएपनि त्यो आफूले अस्वीकार गरेको नेता नेपालले बताए । गठबन्धनका शीर्ष नेताहरुले शनिबार आयोजना गरेको पत्रकारहरुसँगको छलफलमा प्रधानमन्त्री अफर आउँदेमा गठबन्धनलाई धोका दिन नसक्ने बताएका थिए ।
एमालेको एकता जोगाउनुपर्ने मत राख्दै आएका ओली समूहकै नेताहरुले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुभन्दा नेपाललाई बनाउनुपर्नेमा जोड दिदै आएका छन् ।तर, नेता नेपालले भने पदका लागि गठबन्धनलाई धोका दिन नसक्ने बताएका छन् ।
नेता नेपालले राष्ट्रियता, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीता बचाउन पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै ओलीसँग सहकार्य अब असंभव भएको प्रतिक्रिया दिएका छन् । छलफल कार्यक्रममा नेता नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चर्काे आलोचना गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओलीमा सत्ता उन्माद रहेको भन्दै शक्ति र पैसाले मात लागेकासंग सहकार्य अब असंभव भएको बताएका छन् । विधि र पद्धति नमान्नेहरुसंगको सहकार्य अब कदापि नहुने नेता नेपालको भनाइ छ।
Leave a Reply