गण्डकी प्रदेश सरकार मन्त्री मण्डल विस्तारमा ढिलाइ,मनाङ्गेबाट युवा तथा खेलकुद मन्त्रालय अस्वीकार

 ग्लोबल टिभि      आइतवार, असार १३, २०७८      0

गण्डकी प्रदेशको नयाँ सरकार गठन अझै पूर्णता पाएको छैन । गएको जेष्ठ २९ मा कांग्रेस नेतृत्वमा प्रदेश सरकार गठन भएको थियो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेले दुइसातासम्म पनि मन्त्री मण्डल विस्तारको टुंगो लगाउन सकेका छैनन् । सरकारको चौतर्फी आलोचना हुन थालेपछि मुख्यमन्त्री पोखरेलले मन्त्रीहरुको कार्य विभाजन गरेका छन् । तर, मन्त्रीहरुको कार्य विभाजन अस्थायी भएको बताइएको छ।

कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र हरिशरण आचार्यले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा पाएका छन् ।स्वास्थ्य मन्त्रालयको जिम्मेवारी माओवादीबाट मन्त्री बनेकी मधुमाया अधिकारी गुरुङले पाएकी छन् । गुरुङले आइतबार पदभार ग्रहण गरेकी छन् ।

दीपक मनाङ्गेले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएपनि अस्वीकार गरेका छन् । मनाङले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय दिनुपर्ने भन्दै युवा तथा खेलकुद मन्त्रालय अस्वीकार गरेका हुन् । कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री नियुक्त भएको दुइ साता भएपनि अझै सरकारले पूर्णता पाउन सकेको छैन । गण्डकी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *