ओलीबाट गठित एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

 ग्लोबल टिभि           0

सत्तारुढ एमालेको १० दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज हुने भएको छ। ओली समूहबाट गएको २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज हुने भएको हो ।

दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्नेका लािग असार १६ मा बैठक बोलाइएको स्थायी कमिटी सदस्य किरण गुरुङले बताए । गुरुङका अनुसार ‘१६ गते बिहान ११ बजे बस्ने बैठकले आयोजक कमिटी विघटन गरेर केन्द्रीय कमिटी ब्युँताउने निर्णय गर्ने भएको छ।

आइतबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । त्यही बैठकबाट अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ६ बुँदे एकताको प्रस्ताव अनुमोदन गराउने तयारी भएको छ ।

केन्द्रीय सदस्य विष्णु रिजालले पनि महाधिवेशन आयोजक कमिटी निस्क्रिय बनाइने तयारी भएको बताए ,पार्टी एकतालाई अगाडि बढाउन केन्द्रीय कमिटी क्रियाशील हुने उनको भनाइ छ।

पार्टी एकताका लागि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले २३ जेठमा ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका थिए । तर ओलीको ६ बुँदे प्रस्तावमा नेपाल समूह सशकिंत हुदै आएको छ।

नेपाल समूहले २ जेठ २०७५ अगाडिको अवस्थामा एमाले फर्किनुपर्ने अडान लिँदै आएको छ । एमालेको झगडा मिलाउन कार्यदलका नेताहरु अनौपचारिक जुटेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *