ग्लोबल टिभि
आइतवार, असार १३, २०७८
0
काठमाडौँ : पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले आइतवार सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
सर्वोच्च अदालतले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेको भन्दै कार्कीलाई नियुक्ति नदिन आदेश दिएको हो ।
राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ मा राजदूतका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था छ । तर सरकारले वैशाख २५ गते उक्त निर्देशिका संशोधन गरी मन्त्रीका हकमा यो दफा लागू नहुने व्यवस्था गरेको थियो । यसै दिन पूर्वमन्त्री कार्कीलाई राजदूतमा सिफारिस गरेको थियो ।
Post Views: 1,014
Leave a Reply