प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताए ।
‘मैले माधव नेपाल भन्ने व्यक्तिलाई प्रधानमन्त्रीको प्रस्ताव राखेँ रे’ उनले भने , ‘मलाई बहुला कुकुरले टोकेको छ र ? कोही नेपालमा नभेट्टाएर यस्ता मान्छेलाई केपी ओलीले प्रधानमन्त्रीको प्रस्ताव राख्ला ?’ माधव नेपालले आफैँले आफ्नो मत्ता बढाएको उनको टिप्पणी छ ।
प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई शेरबहादुर देउवा र पुष्पकमल दाहालका मामुली कार्यकर्ता भएको टिप्पणी गरे । माधव नेपाल प्रचण्डको पुच्छर भएको भन्दै कटाक्ष गरेका ओलीले प्रचण्डले छिनछिनमा रङ फेरेर छेपारोलाई पनि फेल गराएको आरोप लगाएका छन् ।
Leave a Reply