सभापतिमा आफूलाई सघाए, पौडेललाई प्रधानमन्त्री बनाउन सकिने शेखरको प्रस्ताव

 ग्लोबल टिभि      सोमवार, असार १४, २०७८      0

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । नेता डा. कोइरालाले आफूलाई पार्टी सभापतिको उम्मेदवारमा साथ दिए पौडेललाई प्रधानमन्त्री बनाउन आफूले सघाउने बताएका छन् ।

सोमबार पौडेलको निवास बोहराटार पुगेका डा.कोइरालाले पौडेललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको बताइएको छ। स्रोतले जनाएको छ ।पौडेल निकट एक नेताका अनुसार शेखरले पार्टी सभापतिमा आफूलाई सघाउन आग्रह गरेका थिए ।

शेखरको जवाफमा वरिष्ठ नेता पौडेलले एकपटक सभापति बन्ने इच्छा रहेको बताएका थिए । तर कोइरालाले सभापतिको उम्मेदवार बन्नबाट पछि फर्कन नसकिने प्रतिक्रिया दिएका थिए । १४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरुको दौडधुप सघन भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *