ग्लोबल टिभि
सोमवार, असार १४, २०७८
0
काठमाडौँ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले क्षुद्र भाषा प्रयोग गर्ने व्यक्ति मुलुक चलाउन नसक्ने टिप्पणी गरेका छन् ।
विपक्षी गठबन्धनले आज संघीय संसद् भवनमा बुद्धिजीवीसँग गरेको कार्यक्रममा देउवाले अरुको सम्मान गर्न नसक्ने व्यक्तिले देश चलाउन नसक्ने बताएका हुन् ।
उनले राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीसँग मिलेर पदको गरिमा समाप्त पारेको आरोप लगाए । सभापति देउवाले भण्डारी ओलीको कार्यकर्ता बनेको दोहोर्याए ।
‘संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत हो’, उनले भने, ‘संविधानमा भएको व्यवस्थाअनुसार नै अदालतको फैसला आउनेमा विश्वस्त छौँ ।’
प्रधानमन्त्री ओलीले सोमबार राजधानीमा आयोजित सार्वजनिक कार्यक्रममा सभापति देउवालाई लोकतान्त्रिक मूल्य मान्यता छोडेर प्रचण्डपथ’मा हिँडेको टिप्पणी गरेका थिए ।
Post Views: 1,000
Leave a Reply