कोरोना नियन्त्रणमा सरकार पूर्णत विफल : कांग्रेस

 ग्लोबल टिभि      शनिबार, कार्तिक १, २०७७      0

काठमाण्डौं । नेपाली कांग्रेसले गठन गरेको कोरोना अनुगमन समितिका संयोजक तथा सहमहामन्त्री डा. प्रकाशशरण महतले कोभिड १९ अनुगमन समितिको प्रतिवेदन सभापतिलाई हस्तान्तरण गर्दै सरकारको प्रोपागाण्डा शैलीमा प्रस्तुत भएर जनतालाई गलत सूचना प्रवाह गरेको आरोप लगाए ।

उनले सरोकारवालासँग छलफल गरेर यर्थाथका आधारमा सरकारलाई लगातार रुपमा ध्यानाकर्षण गरिरहेको भएपनि सरकारले खासै ध्यान नदिएको उनले बताए । त्यस्तै उनले विविध क्षेत्रलाई समेटेर तयार पारिएको संक्षिप्त प्रतिवेदन सभापतिलाई बुझाएको जानकारी दिए । कोरोनाका कारण लाखौँ युवा बेरोजगार भएको र गरिबी दर ह्वात्तै बढेको उनले बताए ।

उनले कोरोना नियन्त्रणमा सरकारले गरेको १० कमजोरीको फेहरिस्त पनि पेश गरेका छन् ।
उक्त  प्रतिवेदन बुझ्दै सभापति देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएकोले दशैं पछि आन्दोलनमा उत्रनुको बिकल्प नभएको बताएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *